Aakhir Ke Ko Laag

Gyan Subba
Add to playlist
आकाशको परिधि नापे कतिले,
धरतीको छाती छामे कतिले,
आखिर केको लागि होला?
आखिर केको लागि होला?
जीवन त मायाको बगिजाने खोला,
जीवन त मायाको बगिजाने खोला।
काँधमा बोकेर आडम्बरको भारी,
काँधमा बोकेर आडम्बरको भारी,
कहाँ हो जाने, कसरी लाने लालचको भकारी,
तारा गनी-गनी झर्यो रात कतिको,
जुन हेरी-हेरी डढ्यो मन कतिको,
आखिर केको लागि होला?
आखिर केको लागि होला?
जीवन त मायाको बगिजाने खोला,
जीवन त मायाको बगिजाने खोला।
पलपल ढलपल भएर सकिँदैछ जीवन,
बासै उडाउने भुमरीले बरै रित्तिँदैछ यो मन,
सागर तरे पनि ओभानो छ जिन्दगी,
हिमाल चढे पनि बिरानो हरेक चुली,
आखिर केको लागि होला?
आखिर केको लागि होला?
जीवन त मायाको बगिजाने खोला,
जीवन त मायाको बगिजाने खोला।
आकाशको परिधि नापे कतिले,
धरतीको छाती छामे कतिले,
आखिर केको लागि होला?
आखिर केको लागि होला?
जीवन त मायाको बगिजाने खोला,
जीवन त मायाको बगिजाने खोला।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment