Badnamai Hunchhu
Hemant Sharma
Add to playlist
(बद्नामै हुन्छु तिम्रो नाउँमा
बरबादै हुन्छु तिम्रो यादमा )२
तर तिमीलाई कहिले भुल्न सक्दिन
सक्दिन तिमीलाई भुल्न सक्दिन
(एक्लै पनि खुशी थिएँ म
तिमी आयौ सन्सार देखायौ
प्रेम भन्नु धोखा रहेछ
छाडि जाँदा बल्ल चिनायौ )२
जोसित, जहाँ छौ
जुनै सहरमा
पहिले झैं चोखो छौ
मेरो नजरमा
फर्कि आउ तिमी
भन्छ मेरो मन
जति चोट दिन्छौ
माया बढ्छ झन
(दुनियाँसङ्ग जिते बाजी
तिमी सङ्ग हार भयो नि
माफी पनि माग्न पाईन
दोशसम्म नदिई गयौ नि )२
उहि गल्लि, उहि चोक
पुरानै छाडेर
दया लागे सम्झी आउनु
पुराना ती कुरा
आउनु है तिमीलाई कुरी रहन्छु
बाँचुन्जेल नै बाटो हेरी रहन्छु म
बद्नामै हुन्छु तिम्रो नाउँमा
बरबादै हुन्छु तिम्रो यादमा
तर तिमीलाई कहिले भुल्न सक्दिन
सक्दिन तिमीलाई भुल्न सक्दिन
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment