Biteka Ti Pal Haru

Nabin K Bhattarai
Add to playlist
(बितेका ति पलहरु सम्झि बस्दा मलाई
याद आउँछ झलझली
बिर्सन म सक्दिन भुल्न पनि जान्दिन
तिम्रा ति यादलाई )२
लामो यो दिन चिसो बतास
सम्झि बस्छु ति काटेका रात
तिमीलाई सम्झी ति सुनेका गीत
अझै गुन्जिन्छन्
ति आवाजका साथ
बितेका ति पलहरु सम्झि बस्दा मलाई
याद आउँछ झलझली
बिर्सन म सक्दिन भुल्न पनि जान्दिन
तिम्रा ति यादलाई
(के तिमी पनि सम्झिन्छौ
म जस्तै कल्पिन्छौ
एकान्तमा घरि घरि
लामो छ यो जीवन
हुन्छ हुदैंन नभन
पर्खिनेछु तिमीलाई )२
लामो यो दिन चिसो बतास
सम्झि बस्छु ति काटेका रात
तिमीलाई सम्झि ति सुनेका गीत
अझै गुन्जिन्छन्
ति आवाजका साथ
बितेका ति पलहरु सम्झि बस्दा मलाई
याद आउँछ झलझली
बिर्सन म सक्दिन भुल्न पनि जान्दिन
तिम्रा ति यादलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment