Kotha
Prashant Shiwakoti
Add to playlist
verse 1
म दूर छु,आफैबाट सुदूर छु ।
एक्लै बाँच्न अभिशप्त छु , मजबुर छु ।।
कोठा - रित्तो, अँध्यारो -भित्तो , चिसो छ भुइँ ।
अलमल्ल छ , घडीभित्रै सेकेन्डको सुइँ ।
Pre-chorus
टुक्रिएरै सक्किन्छु कि, काँच जस्तो कतै !
मक्किएरै भत्किन्छु कि, लाग्छ सधैँ -सधैँ ।
Chorus
रहर हैन , कहरले शहरमा बसिरा'छु ।
हराउँछु कि यतैकतै , त्यसै आत्तिरन्छु।
Verse 2
तिम्रो लागि मेरो भन्नु यहाँ केही छैन ।
आफैलाई सुम्पि दिउँ भने म पनि त मेरो हैन ।
अब त मै पनि शहर भएँ,
शहरको नौलो खबर भएँ ।
Chorus
रहर हैन कहरले शहरमा बसिरा'छु ।
हराउँछु कि यतैकतै, त्यसै आत्तिरहन्छु ।।
Refrain
सल्किएरै सक्किन्छु कि, चुरोट जस्तो कतै !
धुवाँ जस्तै बिलाउँछु कि , लाग्छ सधै सधै ।
Chorus
रहर हैन कहरले शहरमा बसिरा'छु ।
हराउँछु कि यतैकतै, त्यसै आत्तिरहन्छु ।।
Verse 3
जीवन थियो थोत्रोफाटो, गाउँमै छुटयाको छ ।
मैले हिँड्ने एउटा बाटो ,गाउँमै छुट्याको छ ।
Bridge
पूजनिय आमालाई ढोग छ भन्दिनु ।
बिरामी यो शहरलाई रोग छ भन्दिनु ।।
कुटिरोमा बाधिँएर आउँछ , प्रेम पनि ।
आफ्नै छायाँ जिस्काउँछ ,पराइ जस्तो बनी ।।
Outro
बिर्सिएर आफैंलाई, तिमीलाई खोजिरहें
सम्झिएर तिमीलाई, आफैंलाई खोजिरहेँ ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment