Bhagwan Maryo
Deepesh Kishor Bhattarai
Add to playlist
(सबै बाटो बन्द थियो म रोएँ छट्पटाएँ )२
(त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई )२
कहाँ हुँदो रहेछ यहाँ दुख थाप्ने साथी
थेग्नु पर्दो रहेछ यहाँ आकाश खस्दा आफ्नै माथी
चर्केको छाती चर्किनै रह्यो के हुन्थ्यो र सुम्सुमाई
(त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई )२
कहाँ पाईंदो रहेछ मुक्ति यहाँ खरानी धसी
नमिल्यो कतै यहाँ भाग्य सच्याउने मसी
साथ भरी घात बिझ्यो आफ्नै भए पराई
(त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई )२
सबै बाटो बन्द थियो म रोएँ छट्पटाएँ...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment