Maya Garchhu Ma
                                                
                                    Rabi Malla
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    तिमीसंग मेरो अटुट नाता छ
तिमी हौ नि मेरै
सागरको गहिराइ अनि आकाशको
उँचाईभन्दा धेरै
माया गर्छु म धेरै माया गर्छु म
माया गर्छु म तिमीलाई माया गर्छु म
मेरा सारा खुसी म दिन्छु तिमीलाई
तिमी मुस्कुराए पुग्छ मलाई
बिश्वासको यो बन्धन सधै कायम रहोस्
फूल झैँ फूलिरहोस् ओइली नझरोस्
नसोध किन हुन्छ यस्तो
माया गर्छु म धेरै माया गर्छु म
माया गर्छु म तिमीलाई माया गर्छु म
जीवनभरी म तिम्रो चाहा भइरहुँ
तिम्रो मनभित्र सधै रहिरहुँ
बराबरी पिरती गरेर बाँच्न पाउँ
आँखामा सधै हाम्रो सपना साँच्न पाउँ
नसोध किन लाग्छ यस्तो
माया गर्छु म धेरै माया गर्छु म
माया गर्छु म तिमीलाई माया गर्छु म
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment