Nepali Gaurav Garchhau

Aruna Lama
Add to playlist
नेपाली, गौरव गर्छौ आफ्नै पनमा, घमण्डी चै होइनौ है।
सबैको साथी बन्ने बानी हाम्रो, पछौटे त होइनौ है।
नेपाली।
[आज पनि छ धामी-झाक्री हाम्रै नेपाली।
तर मरेको छैन ठुला ठुला, वैध हाम्रै नेपाली।]…२
निदारमा नाम्लो अढाई, जीवन काट्ने नेपाली।
निदारमै विद्या अटाई, विद्वान छ नेपाली।
छातीमा माया कसी पनि राख्न सक्ने, हाम्रो नेपाली।
छातीमै, गोली पनि सहिदिन सक्ने, हाम्रो नेपाली।
[रावन झैँ राक्षस बन्न सक्छ, हाम्रो नेपाली।
तर आदर्श रामको भुली जाने होइन, हाम्रो नेपाली।]…२
माया गर्नेको हामी, मायालु हौ नेपाली।
बैरी भएमा, बिषालु पनि छ नेपाली।
काँधमा, मादल भिरी लैबरीमा नाच्छन, हाम्रो नेपाली।
काँधैमा, बन्दुक भिरी लढ्न पनि सक्छ , हाम्रो नेपाली।
नेपाली।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment