Badhai Cha Timilai

Deepesh Kishor Bhattarai
Add to playlist
बधाई छ तिमीलाई, शुभदिनको कामना)२
अन्ध्यारोमा ज्योति छर, यही छ मेरो भावना
बधाई छ तिमीलाई, शुभदिनको कामना
(नयाँ हुन्छ बिहानि हरेक नयाँ दिनको
शुभकामना छ तिमीलाई तिम्रो जन्मदिनको )२
पालुवा झै पलाई जाउ सफलताको कामना
बधाई छ तिमीलाई, शुभदिनको कामना
(यो खुशीको मौसमा खुशीको छायो तन
जिन्दगीको आरोहमा तिमी सँगै छ मेरो मन)२
दुबो सरी फैलि जाउ, सुकर्मको कामना
बधाई छ तिमीलाई, शुभदिनको कामना
अन्ध्यारोमा ज्योति छर, यही छ मेरो भावना
बधाई छ तिमीलाई, शुभदिनको कामना
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment