Samjhiyera Runu Bahek
Deepesh Kishor Bhattarai
Add to playlist
(सम्झिएर रुनु बाहेक)२ गर्न नै के सकेँ र मैले
(बाँच्ने इच्छा नहुँदा पनि )२ मर्न नै कहाँ सकेँ र मैले
सम्झिएर रुनु बाहेक ...
(एक मुठ्ठि सास रहुन्जेल मारेको थिइन आश
त्यहि सास पनि छिनेर पार्यो दैबले निराश)२
त्यहि सास पनि छिनेर पार्यो दैबले निराश
(आफुले आफैलाई धिकार्नु बाहेक)२
गर्न नै के सकेँ र मैले (बाँच्ने इच्छा नहुँदा पनि)२
मर्न नै कहाँ सकेँ र मैले सम्झिएर रुनु बाहेक...
(आँशु छल्कियो आँखाबाट रोकेर रोक्न सकिन )२
तिमी छौ स्मृतीमा तिमी सङ्गै जान सकिन
(छाती पिटी रुनु बाहेक )२ गर्न नै के सकेँ र मैले
(बाँच्ने इच्छा नहुँदा पनि )२ मर्न नै कहाँ सकेँ र मैले
सम्झिएर रुनु बाहेक.....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment