Sadhai Nai Ma Hase

Narayan Gopal
Add to playlist
सधैँ नै म हाँसे तिमीलाई रुवाई,
आज सारा खुसी म दिन तयार छु
तिम्रा पिरहरू ती केही मेटिएला,
जुनीभरको लागि म लिन तयार छु
सधैँ नै म हाँसे तिमीलाई रुवाई,
आज सारा खुसी म दिन तयार छु
कहाँ मेरो भाग्य तिमीलाई पाउने,
कहाँ मेरो भाग्य तिमीलाई पाउने,
तर बाँचुन्जेल यहाँ घात गर्ने छैन
तिमी हाँसिदेऊ यो आँट नै लिएर
कुनैदिन म तिम्रो साथ छोड्ने छैन
सधैँ नै म हाँसे तिमीलाई रुवाई,
आज सारा खुसी म दिन तयार छु
कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने,
कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने,
तर मृत्युसम्म गलहत्त्याउने छैन
तिमी बाँचिदेउ तिमी नै भएर
अरु धेर मलाई केही चाहिँदैन
सधैँ नै म हाँसे तिमीलाई रुवाई,
आज सारा खुसी म दिन तयार छु
तिम्रा पिरहरू ती केही मेटिएला,
जुनीभरको लागि म लिन तयार छु
सधैँ नै म हाँसे तिमीलाई रुवाई,
आज सारा खुसी म दिन तयार छु
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment