Ajhai Pani Lajauchau

Ram Krishna Dhakal
Add to playlist
अझै पनि लजाउछेऊ, बेहुली झैँ उसैगरी।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी।
खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि।
अझै पनि लजाउछेऊ।
रहर मात्र कहाँ फ़ुल्छन, बाधा पिर बिझिदिन्छन।...२
हास्दा हास्दै आँखा भरि, चोट हरु छल्किदिन्छन।...२
गुलाबी ति अधरमा लुकाएरै फेरी।
अझै पनि बाढदछेऊ, सुख हरु उसैगरी।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
धेरै ईच्छा सम्झौतामा कुर्दा पनि खुशी हुन्छेऊ।...२
अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ।...२
उदासीको बोझलाई, हृदय मै गाँठो पारी।
अझै पनि माया गर्छेऊ, मलाई तिमी उसै गरि।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी।
खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि।
अझै पनि लजाउछेऊ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment