Paisa Khau

Thaneshwor Gautam
Add to playlist
पैसा खाउ, पैसा लाउ, पैसैका कुरा गर
आउ साथि सबै आउ, पैसैका कुरा गर
को आफन्त को पराया, बन्द गर बकवास
तोक बरु आफ्नै भाउ, पैसैका कुरा गर
आफ्नो परम्परा, बुर्जुवाको दर्जा दिन्छौ
जनवरी एक मनाउ, पैसैका कुरा गर
बिबेकमा पशुतुल्य बन्यौ, धिक्कार छ
टेकेर ति चार पाउ पैसैका, कुरा गर
लाग्दैछ ज्युदो लाश को अखडा मा छु म
ए मलामी पैसा गाउ, पैसैका कुरा गर
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment