Timi Bhayeu Budhi Pipal

Shishir Yogi
Add to playlist
(तिमी भयौ बुढी पिपल )२
म त बुढो वर
(जिन्दगीको चौतारीमा )२
(एक अर्काको भर )२
एक अर्काको भर...
छोरा नाती कहाँ कहाँ
आफ्ना आफ्नै सुर
दुख पर्दा आँशु पुछ्ने
अरु को नै छ र
(सके सम्म रुवाईएन )२
ति सन्तानलाई पहिले
सँगै हाँस्न सुहाईएन
बुढेसकालमा अहिले
तिमी भयौ बुढी पिपल...
वरको भर पिपललाई
पिपलको वरलाई
ज्यान खलिदा दबाई खुवाउने
कोहि छैन हामीलाई
(जिन्दगानी यस्तै रहेछ )२
कहिले घाम त छाँया
साँचै मिठो हुँदो रहेछ
बुढेसकालको माया
तिमी भयौ बुढी पिपल
म त बुढो वर
(जिन्दगीको चौतारीमा )२
(एक अर्काको भर )२
एक अर्काको भर...
(तिमी भयौ बुढी पिपल...)२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment