Ekohoro Maya

Yubaraj Chaulagain
Add to playlist
(एकोहोरो माया टिक्दैन
सबै भन्थे माया बिक्दैन )२
(तर मेरो जीवनमा
माया बेचियो )२
सम्पत्तिको तौल गर्दा
चिता माथि राखियो
एकोहोरो माया टिक्दैन ...
हो...मेरो माया तिम्रो लागि
दुख तर्ने नाउ भएछ
तिम्रो माया मेरो लागि
मुटु दुख्ने घाउ भएछ
मेरो माया तिम्रो लागि
दुख तर्ने नाउ भएछ...
(म दुखिलाई दुख प्यारो
सुखियालाई सुख प्यारो )२
रुख चढाई फेद काटि
लौन मलाई तल झारिछ
एकोहोरो माया टिक्दैन ...
हो...मेरो बेइमानी संसारमा
आज माया सस्तो भएछ
त्यहि माया पाउन खोज्दा
त्यहि माया भुल भएछ
मेरो बेइमानी संसारमा
आज माया सस्तो भएछ...
(चोखो माया पाउन खोज्नु
यहि मेरो गल्ति भयो )२
त्यहि माया मेरो लागि
मुटु दुख्ने घाउ भएछ
एकोहोरो माया टिक्दैन...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment