Behal Bhayo Jindagi Yo
Khem Raj Gurung
Add to playlist
(बेहाल भयो जिन्दगी यो
निर्मोहीको जालमा परि
आँसुको त मोल छैन
बलेसीको पानी सरी) २
बेहाल भयो जिन्दगी यो
(आफुलाई भन्दा धेरै
माया गर्थे उन्लाई
पापी रैछ निस्ठुरी त
बिर्सिगै यो गुन लाई) २
मर्ममा पर्यो जिन्दगी यो
त्यही मोरी को भरमा परि
आँसुको त मोल छैन
बलेसी को पानी सारी
(चन्द्ररूपी मुहार उनको
भमरा झुल्ने केश
लाग्छ अब निर्मोहीलाई
नभेटेकै बेस) २
बेचैन भयो जिन्दगी यो
निर्मोहीको छलमा परि
आँसुको त मोल छैन
बलेसी को पानी सारी
बेहाल भयो जिन्दगी यो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment