Jyan Maya
Ashmita Adhikari
Add to playlist
केटा : रोकिएनी घडीको सुई रोकिन्न समय
एक्लै बुढो हुँन्छु मत तिम्रो साथ नभए
आधि गाग्री पानी झनै छल्केर पोखिन्छ
तर्किएर नजाउ काँन्छी ढुकढुकी रोकिन्छ
ज्यानमायालाई खै के को पिर
फर्किएर हेर्दीनौ म तिर
केटी : वर वर नआउ तिमी सिमाना मिचेर
उजुरी म दिउला फेरि तस्बिरै खिचेर
आधि गाग्री पानी झनै छल्केर पोखिन्छ
मलाई के को चिन्ता कस्को ढुकढुकी रोकिन्छ
सब्लाई हुन्छ आ-आफ्नै पिर
ढल्की ढल्की नहेर म तिर
केटा : (सुनकै नाङ्लोमाथी राखी पिरती केलाउली
एक वर्षमा लाला बाला काखैमा खेलाउली )2
केटी : (सोचेभन्दा तिमी धेरै गफाडी परेछौ
गफै लाउने बिषयमा पि एच डि गरेछौ)2
केटी : सब्लाई हुन्छ आ-आफ्नै पिर
ढल्की ढल्की नहेर म तिर
केटी : सब्लाई आउँछ उमेर अनी सब्लाई आउँछ बैंस
यस्तो उखरमाउलो हुने तिम्लाई मात्र रैछ
केटा : नरीसाउन थोरै थोरै जिस्किने छ बानी
बुढेसकालमा के सम्झिनु नभए काहानी
केटा : ज्यानमायालाई खै के को पिर
फर्किएर हेर्दीनौ म तिर.....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment