Bato Galli Ko Devata
Ram Krishna Dhakal
Add to playlist
बाटो गल्लीको देवता म,
छैन मेरो सुनको गजूर,
एक पल्ट म तिर पनि हेर्न
के गर्न पर्छ मैले हजूर,
चमक दमकमा सजेको भए
लाग्थीयो होला भिड कति !
कुना कतै पलाससँग बस्छु,
भयो मेरो अनौठो गति,
मेरै नामको अर्को मन्दिरमा
चड्छ रे सधै लाखौको फूल,
देवता त जताको देवतै
कस्ले बुझ्ने मन्त्र यो मूल !
दुधको खोला, अबिर पाथी,
चड्यो रे कति त्यो मुर्ती माथी,
(गल्लीको देवता हुन्छु म हेला,
चर्ने त्यो गाई हो मेरो साथी)x2
गुनासो मैले पोखेको हैन,
मलाइ नि ढोंग भनेको छैन,
भौतिक आश्थामा तिमी न लाग
आशीष त मैं पनि दिन सक्छु,
मनबाट तिमी एक पल्ट माग ।
मनबाट तिमी एक पल्ट माग ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment