Chheumai Base Risaune
                                                
                                    Ram Krishna Dhakal
                                            Add to playlist
                                            
                                        
                                    छेउमै बसे रिसाउने
टाढा भए बिझाउने
मलाई मात्र यस्तो हो कि
पिरतीको जातै नहुने
यति छाती चिरिदैन
पहिरो जाँदा पहाडमा
भोक छैन निन्द्रा छैन
निर्मोहीको सम्झनामा
मुटु माझ हिँउ पर्यो
के ले मात्र सेकिरहने
मलाई मात्र एस्तो हो कि
पिरतीको जातै नहुने
बाडुल्किमा बोलाएथें
बुझिन कि पापिनीले
सिरानी त पल्टाएथेँ
छलेछ कि सपनीले
उडि जाँउ पंख छैन
कुरी बसुँ जुगै जाने
मलाई मात्र एस्तो हो कि
पिरतीको जातै नहुने
छेउमै बसे रिसाउने
टाढा भए बिझाउने
मलाई मात्र एस्तो हो कि
पिरतीको जातै नहुने
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment