Maya Garne Ko (Revive)
                                                
                                    Narayan Gopal
                                            Add to playlist
                                            
                                        
                                    माया गर्नेको।, माया गर्नेको चोखो माया पनि देखियो।
बाचा गर्नेको, बाचा गर्नेको बाचा बन्धन पनि देखियो।
माया गर्नेको चोखो माया पनि देखियो।
फूल सुकुमार छ, निस्पाप छ।
कोमल भन्थे, कोमल भन्थे।
फूलको धारले ...२ रेटेको पनि देखियो।
बाचा गर्नेको, बाचा गर्नेको बाचा बन्धन पनि देखियो।
रोइरोई नछुटिने, कसम खानेले, कसम खानेले।
हाँसी-हाँसी कसम तोडेको पनि देखियो।
माया गर्नेको।, माया गर्नेको चोखो माया पनि देखियो।
प्रेम वरदान हो, दुइ आत्माको संगम भन्थे, संगम भन्थे।
कोहीकोही ले त ...२ आत्मा बेचेको पनि देखियो।
बाचा गर्नेको, बाचा गर्नेको बाचा बन्धन पनि देखियो।
सबको भगवान छ, भगवानले हेर्छन भन्थे, हेर्छन भन्थे।
तिम्रो भगवानले ...२ हेरेको पनि देखियो।
माया गर्नेको चोखो माया पनि देखियो। ...२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment