Chhoto Chha Jindagi

Bhupu Pandey
Add to playlist
जाऊ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर जाऊ
म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
हिमताल हुँ म तिम्रै
तिमी गङ्गा भएर जाऊ
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
धनको लिएर आशा मनको गर्यौ तमासा
म मुनासरी रुँदै छु बुझ आँसुको यो भाषा
परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तै
बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै
सय लाखको यो जुनी कौडीमा नफ्याँक
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
तिर्खाहरु सँगाली पानी बनाउदै छु
आफै जलेर हीराखानी बनाउँदै छु
रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर
आँगन उज्यालिनेछ मुस्कान फैलिएर
तबसम्म दिलको चाह दिलमै मिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख.....
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment