Basa Manaima
                                                
                                    Ramesh Shrestha (Melody)
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    हरपल तिम्रो मनमा बस्नु छ मलाई
हरक्षण तिम्रो मायामा फस्नु छ मलाई
अरु केही चाहना छैन
म अरु कसैको हैन
बस मनैमा
मेरो मनैमा
आँखाको भाका बुझन तिमी मनको चाहना
सधै म तिम्रो साथैमा बसुँ यही छ कामना
तिम्रो खुसी मेरो धोको
म माया गर्छु चोखो
बस मनैमा
मेरो मनैमा
मनले गाउछ मायाकै गीत सुरिलो धुनमा
तिमिलाइ पाउछु म जताततै फूलमा जुनमा
यो मनको कुरा सुन
पिरतीको मीठो धून
बस मनैमा
मेरो मनैमा
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment