Timi Mero Hunai Parchha

Shiva Pariyar
Add to playlist
(तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई )२
(तिमीलाई सुख मिल्छ भने बाँची दिन्छु मुटु जलाई )२
तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई...
(तिमीलाई खुशी थोरै भए मेरै भागको थपि दिउँला )२
हतार होला हाँस्न तिमीलाई तिम्रो आँशु म नै रोउँला
मैले रुँदा तिमीले रुनै पर्छ भन्ने छैन मलाई
(तिमीलाई सुख मिल्छ भने बाँची दिन्छु मुटु जलाई )२
तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई...
(ढुक्क भै शिखर चढ देउतालाई जपेको छु )२
आफ्नो बाटो काँडा ओछ्याई तिम्रो बाटो खनेको छु
मैले हार्दा तिमीले हार्नै पर्छ भने छैन मलाई
(तिमीलाई सुख मिल्छ भने बाँची दिन्छु मुटु जलाई )२
तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment