Pal Pal
Shreya Sotang
Add to playlist
पल पल यो दूरी बढीरह्यो, सहीरहेकी छु म
न आगो न धुँवा कतै, मनमनै जलिरहेकी छु म
न त मैले बुझाउनै सकेँ न तिमीले बुझ्यौ
अहँ सकिन रोक्न मैले तिमी मोडीदै गयौ
म त केवल तिमीलाई हेरी नै रहेँ
मनमा सजाई केही कुरा तर त्यो लुकाउनु रैछ पाप
समय नै रै'छ वरदान, समय नै रै'छ अभिशाप
तिमी त भनेर गयौ, म रहेँ चुपचाप
तर केवल तिमीलाई हेरी नै रहेँ
हिजो सम्म थियो साथै थियो खुशी तर आज छायो बिरानी
सपना सबै छुटी गए साथ केवल छ सिरानी
न लेखियो कथा हाम्रो न बन्यो कहानी
आँसु आँखा भरी सल्बलायो रोकी रहेकी छु म
पीडा छ छाती भरी हाँसी हाँसी छेकी रहेकी छु म
न त मैले बुझाउनै सकेँ, त तिमीले बुझ्यौ
अहँ सकिन रोक्न मैले तिमी मोडिदै गयौ
म त केवल तिमीलाई हेरी नै रहेँ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment