Maya Ta Yestai Ho
Ankita Pun
Add to playlist
माया त यस्तै हो, घरि रुवाउँछ, घरि हसाउँछ,
झरीको बेलामा सधै मलाई एक्लै बनाउछ,
सम्झनाहरु हृदय भरी गुम्सिएर बसेछन्,
खै कति बेला पत्तै नपाई मेरा आँशु खसे छन् ,
पहिलो भेटको भावना उस्तै रहेन ,
तर ती भावनाहरू भुल्न सजिलो भएन,
माया त यस्तै हो, यस्तै हो ।
मेरा अञ्जुली थाप्छु म नयनबाट मोती खस्दा ,
सङ्गालेर राख्दै छु म दुःखका रत्न,
सम्झन्छु हर साँझ बिताएका ती पल,
निधारमा तिमीले दिएको ओँठको स्पर्श,
पहिलो भेटको भावना उस्तै रहेन ,
तर ती भावनाहरू भुल्न सजिलो भएन,
माया त यस्तै हो, यस्तै हो
माया त यस्तै हो, यस्तै हो ।।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment