Gham Joon
bekcha
Add to playlist
नजुधाउ ति नयनहरु यी मामुली आँखा सँग,
नबिसाउ भो ति मनका बह, यी कमजोर काँधहरुमा|
सामर्थ्य छैन मसँग, बन्नलाई तिम्रो सहारा
साहसै छैन मसँग, लड्नलाई दुनियासँग|
मनबाट तिम्लाई चाहेकै हो,
सपनीमा सजाएकै हो
पुरा हुन्न सबै चाहना, रहर।
तिम्रै खुसीमा मा खुसी पाउँला,
सम्झानीमै अब जीवन बिताउँला|
माया अपुग छ सजाउन संसार|
नडराउन नजिक आऊ, यो मन छ तिमीसँग|
धड्कन छुट्टेर हृदय भन्दा पर के रहन सक्छ भन?
अरुको छैन पर्वाह, पाएमा तिम्रो सहारा
छेवैमा तिमी हुन्थ्यौ त, दुख नि मुस्कुराईदिन्छ।
मरेर जुनी कसरी बिताउँ,
अलग्गिएर जो एकै आत्मा छौँ
मिली सजाउँला माया संसार|
साइनो यो हाम्रो,
दुई मुटु बीचको
दुनियाले बुझेन |
पिरै नमान, इन्द्रेणी हाम्रो
मायाले रंगाऊंला |
मायाले रंगाऊंला…
दुनियाले बुझेन…
समाजको रित कस्तो,
अन्त्यमा माया- नै पराजित भो
कैले हुन्न नि एक घाम जून |
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment