Ukali Jada Jadai
Hemant Sharma
Add to playlist
(उकाली उकालीमा जादाँ जादै दाहिने तिर बर
बर बर घुमेर तेर्सो लागे आउँछ मेरो घर ) - २
आउँदै जादै गर्नु है छैन धेरै पर
हो (मरि लानु के छ र ) - ५
(जुन खोलीको पानी मिठो उहि खोलीको माछा
माया मिठो चोखो मनको मनकारीलाई थाहा छ ) - २
धन्य हुन्थ्यो हजुरले दैलो मेरो टेके
म पनि त आफ्नै हुँ नि भित्री मनले देखे
(मरि लानु के छ र ) - ४
(न त शिरमा न देउतालाई डालीको फूल खसे
मनको भारी बिसाइन्थ्यो हाम्रै तिर बसे ) - २
जिन्दगीमा लिनु दिनु यहि रसिलो बोली
कसको के नै छ र ठेगान कहाँ भईन्छ भोली
उकाली उकालीमा जादाँ जादै दाहिने तिर बर
बर बर घुमेर तेर्सो लागे आउँछ मेरो घर ) - २
आउँदै जादै गर्नु है छैन धेरै पर
हो (मरि लानु के छ र ) - ८
हो मरि लैजानु के छ र
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment