Na Lekheko Saino

Bhupu Pandey
Add to playlist
नलेखेको साइनो रैछ मिठो सपना सजाएँ मैले
व्यर्थै किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले
बाबा आमा साथीभाइ थाहा थियो दुनियाँलाई
उनी मेरी जीवन साथी हुन्छिन भन्ने थियो मलाई
आधी चल्यो चट्याङ पर्यो, छिनको छिनमै के के भयो
उनी रोइन, म रोएँ, आँशुसँगै नाता बग्यो
पराईको नासो रैछ, आफ्नै सम्झी रमाएँ मैले
व्यर्थै किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले
तिमी बिना बाँच्नु परे मर्छुु कसम मर्छुु भन्थी
हत्केलाले आँशुु पुछ्दै तारा जस्तै झर्छु भन्थी
कसरी सहनु मैले पिडाहरु धेरै भयो
जाने मान्छे गई त हाल्यो, झल्को मात्रै बाँकी रह्यो
चारै दिनको मेला रैछ कति खुशी मनाएँ मैले
व्यर्थै किन कल्पनाको पञ्चेबाजा बजाएँ मैले
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment