Paisa
Haude
Add to playlist
सोचेको जस्तो छैन हेर यो जिन्दगानी
कहिले घाम कहिले पानी फुटाउनु छ संघर्षको खानी
काम सानो ठूलो हुन्न गर्नु पर्छ लाज नमानी
धनी देखि गरिब सम्म सबैको सपना
यो पैसा ले नै बनाउछ जिन्दगानी
पैसाले नै गर्छ याहा मनमानी
पैसा ले नै बनाउछ जिन्दगानी
पैसाले नै गर्छ याहा मनमानी
बाहाना धेरै छ जिउनलाई प्राथना दुई हात ढुङ्गालाई
स्वार्थी छ संसार कोहि छैन सन्तुष्ट सबैलाई बन्नु छ उत्कृष्ट
हेरे टाढाबाट देखिन्छ संसार निकै नै बिचित्र
असारे झरी या माघको जाडो संघर्ष गर्नलाई सार्है नै गाह्रो
कोहि चै गाडीमा कोहि चै खाडिमा
कोहि चै नशाको मातमा झाडिमा
जिन्दगी सबै पैसा पछाडी
ठाउँ छैन बिसाउनी दुखको भारी
मारी आधा शरीर जब किसान घर फर्कन्छ
ऋण र ब्याज सम्झेर उ रातभर त्येसै तड्पन्छ
छोरिको बिहे र छोराको पढाइ मुखिया सङ्ग दुई हात जोडाइ
खेतालापाता धान रोप्न जादा उ एकदिन सक्कन्छ
धनी को झन के कुरा गर्नु करोडौ हिसाब रातभरी लगाइ ब्
याज र स्याज खातामा चडाइ बिहान सास फेर्न बिर्सन्छ
पैसा ले नै बनाउछ जिन्दगानी
पैसाले नै गर्छ याहा मनमानी
पैसा ले नै बनाउछ जिन्दगानी
पैसाले नै गर्छ याहा मनमानी
कुकुर जसरी दौडिन्छ गल्लिमा
भर्नु छ सबैलाइ पैसा खल्तीमा
नाता र रगत पनि फेरिन्छ
जन्मेको कोख पनी बिर्सन्छ
नशाको भन्दा ठूलो छ मात
रुपिया देखे मिलाउछन हात
पाएसी पैसा छोड्दिन्छन साथ
आफ्नैले गर्छन बिश्वासघात
पैसा पैसा यो पैसा यो पैसा पैसा
यो पैसा नै हो जिन्दगानी सबलाइ कमाउनु छ
पढेर हुन्छ कि चढेर हुन्छ जति कमाए नि काहा यो पुग्छ
नेताले कमाउछ घोक्रो सुकाउदै
शिक्षकले कमाउछन विद्वान बनाउदै
गुन्डाले कमाउछन गोलि चलाउदै
बेस्याले चाहिँ ढोका लगाउदै
(कमाउनु छ कमाउनु छ देखाउनलाइ कमाउनु छ
बचाउनु छ बचाउनु छ पेट पाल्नलाई बचाउनु छ ) 3
(जिन्दगी के छ र खालि हात जानू छ
यो दौड केका लागि एकदिन त्यसै मर्नु छ ) 2
पैसा पैसा यो पैसा पैसा पैसा पैसा पैसा यो पैसा पैसा यो पैसा पैसा
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment