Arabau Manchheharu Ma

Madan Krishna Shrestha
Add to playlist
(अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे) २
म मन मिल्ने मान्छे देख्दा
(संसार नै भुल्ने मान्छे) २
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
तराजुमा राखेर धेरै पल्ट
यो दुनिँयालाई मैले जोखेको छु
सहानुभुती को आसा गरेर रुदै
बेर्थै बेदना पोखेको छु
(देखेर मानिसको मतलबी चाला) २
रुँदा रुँदै म रोकेको छु
मलाई सानै चोट लाग्दा पनि
तिमी छट्पटाइ हाल्ने मान्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
म निर्धन निर्बल र बेअर्थको
पानी बिहिन खोला
म सायद त्यो अस्तित्व हिन मान्छे
मेरो महत्व के होला
(केहि छिन त तै पनि हाँसेरै जिउछु ) २
तिमी साथ भएको बेला
मेरो मृत्यु को खबर सुन्दा यहाँ
तिमी एकछोट रुने मान्छे
अरबौ मन्छे हरु मा
तिमी एक मन मिल्ने मन्छे
मा मन मिल्ने मान्छे देख्दा
(संसार नै भुल्ने मान्छे) २
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मान्छे
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment