Bida
Mc Flo
Add to playlist
Verse:1
उ बस्छ हेर्छ बोल्न खोज्छ सुनिदिने को छ ?
हातमा बोतल, खोज्छ मान्छे दुख पोख्न को छ ?
ठुलो उसको मनको भारी छैन निन्द्रा भोक
बन्द कोठा सक्दैन ऊ अाफ्नो ढोका खोल्न
उस्को मनमा बिचारहरु पौडी खेल्दै टन्न
जिन्दगीलाई सम्झीदा हुन्छ मन झसङ्ग
लाग्छ सबै बन्द, किन ल्या हो जन्म
अज पनि लागिराछ पाए हुन्थ्यो मर्न
मनक पिडा ब्यथाहरु अासु बनि बग्छ
भिज्छ अाखा स्वाक्क सुक्क निस्किदैन शब्द
जोड जोडले चल्दै सास त्यस्लाई रोक्न मन छ
सबै कुरा बिर्सी अाज संसार छाड्न भन छ, उस्लाई...
[Hook]:
हुन मन छ बिदा
वाक्क भैसक्यो
जिन्दगीमा कति पिडा
बुझीदेिने कोहि छैन
सधै भरि चिन्ता
थाकि सक्यो हारी सक्यो
टाउको सम्म पाकि सक्यो
अरु के नै बाकि रह्यो ?
Verse:2
उस्को ईक्षा संसार नै छाडि जाने
किन सबै खुसी अाफु मात्र रोईराने
किन घामको झुल्को देखा पर्दैन
सधै एउटै ठाउमा, उ अघी बढ्दैन
सबैको राम्रो सोच्ने, सबलाई राम्रो गर्ने
मान्छे ले किन भेट्दैन अाफ्नो लक्ष
फटाहहरुको संसारमा सबै झुठा
राम्रो मान्छेको भाग्यमा टुक्रै टुक्रा
लाग्छ सुतिरहु जस्तो उस्लाई बिहान उठ्दा
गलेका छन दुबै उस्का हात र खुट्टा
दुई मुठि भात खान्छ मात्र बिहान बेलुका
चिन्न छाडिसक्यो अाफुलाई एैना हेर्दा, उस्लाई...
[Hook]:
हुन मन छ बिदा
वाक्क भैसक्यो
जिन्दगीमा कति पिडा
बुझीदेिने कोहि छैन
सधै भरि चिन्ता
थाकि सक्यो हारी सक्यो
टाउको सम्म पाकि सक्यो
अरु के नै बाकि रह्यो ?
Verse:3
उस्को ठाउमा भोलि तँ नि हुन सक्छस
तलाई लाग्दा दुख्छ तर के त उस्को पिडा बुझ्छस
सारा जिवन - मै, अाफु, अाफ्नो बारे सोच्छस
कि अरुलाई पनि कहिले तैले बुझ्न खोज्छस्
जिवनमा सबै लढ्दै छन अाफ्नो अाफ्नो युध्द
प्रसन के त अरुको लागि बाच्न सक्छस मित्र
अाफ्नो कोहि नहुदा मान्छे मर्या जस्तो हुन्छ
तेरो दुई शब्द हौसलाले उस्को जिवन बाच्छ
समय सधै सबैको राम्रो हुने हुन्न
मान्छेले अरुको दुख बुझ्न सक्नु पर्छ
तब मात्र मान्छे साचै मान्छे बन्न सक्छ
के गर्छस अब तेरो अघि उस्ले यदि भन्छ, उसलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment