Aau Timi

Prabesh Kumar Shrestha
Add to playlist
खोजेर यहाँ पाइन्न माया पहिलो जस्तै
कल्पनाकै संसारमा भेटौँ हामी दुई
भोलि फेरि भेट होला या नहोला
दिनहरू गन्दै बसिरहेको छु म
आऊ तिमी यो जिन्दगीमा
सँगै बाँचौँला यो समयमा
नजिकिने प्रयासहरूमा
अँगालोमै बाँधी राखौँला तिमीलाई म, तिमीलाई म
निःशब्द छु म तिम्रै अगाडि, के भनूँ, खै?
भए जति सबै आँखाहरूले भन्दैछन् है
सपनी सधैँ आइरहन्छ तिम्रै मलाई
बिपनीमा भनी साह्रै नै सताइरहन्छ
बोली सबै गुम्सिएर बसिरहेछ मनभित्र
लेखिरहेछु यो गीत तिम्रै प्रतीक्षामै म त
समयको पर्वाह छैन, मात्र तिमी आइदेऊ न
बसौँला हामी सँगै यो गीत गाई रमाएर
ना-ना, ना, ना, ना, ना, ना, ना
आऊ तिमी यो जिन्दगीमा
सँगै बाँचौँला यो समयमा
नजिकिने प्रयासहरूमा
अँगालोमै बाँधी राखौँला तिमीलाई म, तिमीलाई म
तिमीलाई म, तिमीलाई म
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment