Timi Fuleu Katai Ma Fule Katai

Saugat Sayar
Add to playlist
तिमी फूल्यौ कतै म फूलें कतै- २
जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२
तिमी फूल्यौ कतै म फूलें कतै- २
जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२
(जसलाई म चाहें त्यो पाउन सकिन
जसलाई म पाएँ त्यो चाहना हैन )-2
जिउन जीवनसँग संझौता गर्दा- २
नचाहेनी विष पिउनु पर्दोरहेछ-२
तिमी झर्यौ कतै म झरें कतै- २
जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ-२
तिमी फूल्यौ कतै म फूलें कतै
जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ
संगै जिउने मर्ने संकल्प थियो
खै कस्ले हो हाम्लाई दुईकिनारा वनायो-२
अतितलाई संझी नरोईरनु तिमी- २
जति रोएनी भुल्नु त पर्दो रहेछ-२
तिमी रोयौ कतै म रोएँ कतै- २
जहाँ रोएपनि हाम्रो आँशु त मिल्दो रहेछ-२
तिमी फूल्यौ कतै म फूले कतै-२
जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment