Sannata

Ujjawal Sagar
Add to playlist
जम्छ पानी, बग्दैन, र त बरफ बन्छ
दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ
सुन यो चुपचाप दिलले, के भन्छ
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
ती ठाउँहरु, जहाँ हामी पुग्ने छैनौँ
ती किताबहरु, जहाँ आँखा कुद्ने छैनन
ती कमै सुनिइने गुमनाम गीतहरु
यी सबैको र केवल, तिम्रो माया छ
सुन यो चुपचाप, दिलले के भन्छ
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
हामीले कहिल्यै, नगुनगुनाएका, भाका अनि
म नहुँदा समीप, छल्किने तिम्रा प्रेमिल, आँखा पनि
म जस्तै लाग्ने तिम्रा अधुरा रहरहरु
यी सबैको र केवल तिम्रो माया छ
सुन यो चुपचाप, दिलले के भन्छ
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
जम्छ पानी, बग्दैन, र त बरफ बन्छ
दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ
सुन यो चुपचाप दिलले के भन्छ
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment