Lolayeka Ti Timra Dui Najarale Heri Diye

Panna Kaji
Add to playlist
[लोलाएका ति ठुला, तिम्रा दुई नजरले।
हेरिदिए मलाई, चाहिन्न अर्को केहि।]…२
लोलाएका ति ठुला।
सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै।…२
स्पर्श मात्र पाए, चाहिन्न अर्को केहि।
सुन्दर मुहार तिम्रो, चन्द्रमा सर्माउने।
एक पल्ट देख्न पाए,चाहिन्न अर्को केहि।
लोलाएका ति ठुला, तिम्रा दुई नजरले।
हेरिदिए मलाई, चाहिन्न अर्को केहि
छिनेको त्यो कटि मा, जलको घडा सरि भै।…२
टाँसीईरहन पाए,चाहिन्न अर्को केहि।
काला घटा भदौका, जस्ता ति केशरामा।
छायाँ भए मलाई, चाहिन्न अर्को केहि।
[लोलाएका ति ठुला, तिम्रा दुई नजरले।
हेरिदिए मलाई, चाहिन्न अर्को केहि।]…२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment