Chhunumunu (Jyan Maya)
Anju Panta
Add to playlist
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया–३
केटा : मगमग बास्ना धुपी,
मन त पर्यो छैन खुबी ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
अरुकै सम्पत्ति हौ केरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया,
नुनुमुनु नुनुमुनु सानूमाया–३
केटी : सिस्नो छोए फोका हुन्छ,
चोली छोए धोका हुन्छ ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
हेरी मन बुझाऊ भो हुन्न के छुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया,
नुनुमुनु नुनुमुनु सानूमाया– ३
केटा : हुनी माया आफैँ हुन्छ,
रैछौ तिमी सारै खुनी ।
केटी : यति राम्रो चौबन्दीमा,
मैलो लागे केल्ले धुनी ?
केटा : ओ होऽऽऽऽऽई किनिदिउँला नयाँ चोली,
बिन्ती राख्द्यौ मेरो बोली ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
अरुकै सम्पत्ति हौ केरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया– ३
केटी : गुन्द्री बुन्न चारै किल्ला,
दाइँ हाल्नलाई एउटै मियो ।
केटा : ज्यानले जोबन दियो भने,
कत्ति जाती हुने थियो ।
केटी : हुँम्म्मऽऽऽऽऽ अ होई, रहर मात्रै गर्छौ तेसै,
के गरम् के पाइनँ मेसै ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
हेरी मन बुझाऊ भो हुन्न के छुन त !
केटा : अरुकै सम्पत्ति हौ केरे हुन त !
केटी : हेरी मन बुझाऊ भो हुन्न कि छुन त !
केटा : अरुकै सम्पत्ति हौकेरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया–३
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment