Jhari Pareko Raat

Sunil Giri
Add to playlist
( झरीपरेको रात तिमी र म संगै बस्ने है ) x २
टाढा टाढा छितिजको रंग आकाश गर्जेको हेर्ने है
झरीपरेको रात
( परदेशी आयो कहाँबाट लौन? के के सुनायो
पानीको रिमझिम मिठा कुराले मलाई फकायो ) x २
यौवनको मात बोकेर ल्याउने चिसो हावालाई छेक्ने है
तिमी र म संगै बस्ने है
झरीपरेको रात
( भिझेछ भने मनको इच्छा तिमीलाई भनौला
बलेसी चुम्न झरीको पानी संगै खेलौला ) x २
पहाडमा आउने आँधी हुरीको
मिठो त्यो गुञ्जन सुन्ने है
तिमी र म संगै बस्ने है
झरीपरेको रात तिमी र म संगै बस्ने है
टाढा टाढा छितिजको रंग आकाश गर्जेको हेर्ने है
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment