Daagbatti
Rachana Dahal
Add to playlist
माथि खुवाएर घुस
फिर्ता लेराउन पाए हुन्थ्यो
नीलो तिम्रो लाशलाई
रातो पार्न पाए हुन्थ्यो
पागल हुँदै छु कि के हो
तिमीसँग मन मरे देखि
सुत्छु साहारा यी कागजको
हावाको धुवाँले
कालो रङ देख्छु सेतो
आकाशमा बादल चरा जस्तो
रुखैमा बत्ती झिलिमिलि
तारै पातमा झुन्डिएको
पागल हुँदै छु कि के हो
तिमीसँग मन मरे देखि
सुत्छु साहारा यी कागजको
हावाको धुवाँले
कसको लागेको सराप
भाग्य नै अभागी रैछ मेरो
तिम्रो शरीर जलाउनुभन्दा
म् नै खरनी भए हुन्थ्यो
मलाइ थाहै भएन
कति दुख्यो भनेर
मलाइ थाहै दिएन
दिन दिन गनेर
ओ ओ ओ........
पागल हुँदै छु कि के हो
तिमीसँग मन मरे देखि
सुत्छु साहारा यी कागजको
हावाको धुवाँले
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment