Rachana Dahal
Ma Sakdina
Rachana Dahal
Rachana Dahal
  • 15 credits
  • 5 months ago

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Lyrics
म सक्दिन
म सक्दिन
तिम्रा ज्ञानी छोरी म भइन
म सक्दिन
म सक्दिन
सहनशील बुहारी व्यवहार नि जानिन

न साॅचो प्रेमिका
न बोल्ने तरिका
न त मेरो भूमिका
एक जोइ बन्ने हो
मेरा पनि इच्छा छन्
बच्चा पाउनलाई गनथन
ईश्वर पति परमेश्वर
अस्तित्व यति हो?

ढिला उठ्ने बुहारी
असंकारी नारी
बाझो छे कि पाई छोरी
अल्लक्षण लाग्ने भो
पराइ घर गएर
चाप सारा सहेर
काम धाम छोडेर
अस्तित्व यति हो?

मssss मssss

छाडेर जाने आँट गरिनँ, प्रातःकाल
“तुच्छ स्वार्थी जात! भएन” भनिहाल
तौलिइने विलक्षण
साथ थिइन भ्रमजाल
सोहोर्दै फोहोरी याद लम्के म
बाघचाल बाघचाल बाघचाल बाघचाल..

१ थप्छु २ थप्छु ३ थप्छु
अनगिन्ती चित्त दुखाई
छोड! निस्क ! जाउ उता जाउ
मलाई नबुझ
दोषी ठहर्याउ
रीस देखाउ

म सक्दिन
म सक्दिन
तिम्रा ज्ञानी छोरी म भइन
म सक्दिन
म सक्दिन
सहनशील बुहारी व्यवहार नि जानिन

तिम्रा पाप मैले बोके इन्द्र
हरेक महिना रगताम्मे हुन
रूख, धर्ति, सागर अनि म
सबैलाई एक चौथाई
बाँडीचुॅडी दिने
तिमी कस्तो भगवान ?
कस्तो देवता हो तिमी ?
तिमी कस्तो भगवान ?
ह ? कस्तो ?

म सक्दिन
म सक्दिन
तिम्रा ज्ञानी छोरी म भइन
म सक्दिन
म सक्दिन
सहनशील बुहारी व्यवहार नि जानिन
म सक्दिन
Chords
Chords Not Available Right Now
More Chords from Rachana Dahal

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Feel free to comment
Banner Ad

Place your ad here. Contact us tunesnepal@gmail.com

Image Here
THE TOP 50 Lyrics
THE TOP LYRICS

Click below to view the top 50 most popular lyrics

Top Lyrics
Image Here
THE TOP 50 Chords
THE TOP CHORDS

Click below to view the top 50 most popular chords

Top Chords
Image Here
THE TOP 50 Artists
THE TOP ARTISTS

Click below to view the top 50 most popular artists

Top Artists
Footer Top Ad

Place your ad here. Contact us tunesnepal@gmail.com